६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा, बाढी आउनसक्ने भन्दै सचेत रहन आग्रह

काठमाडाैं | असोज १९, २०७९

६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा, बाढी आउनसक्ने भन्दै सचेत रहन आग्रह

काठमाडौं  : दक्षिण(पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ। 

 

न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ। पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा भइराखेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

 

पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ। 

 

वर्षा कायमै रहने भन्दै महाशाखाले असोज २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ।  

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो लगायतका कुनै जोखिम भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ। 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्